बलात्कारको प्रतिकार गर्दा १२ वर्षीया बालिकाको हत्या !

११ असोज, विराटनगर । सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ ।

बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी स्रोत बताउँछ ।

हत्यामा संलग्नको आशंकामा प्रहरीले स्थानीय रञ्जित राईसहित ८ जनालाई पक्राउ गरेको थियो । तर अरु ७ जना रिहा भएका छन् भने रञ्जितमाथि अनुसन्धान सुरु गरेको छ ।

‘शुक्रबार राति ७–८ जना युवकसँगै थिए, तर बालिका सुतेको कोठामा रञ्जित मात्रै प्रवेश गरेको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ‘बालिकाले प्रतिकार गर्ने क्रममा हातमा टोकेको देखिन्छ ।’

राति बाबुआमासँगै छिमेकीको घरमा धामी हेर्न गएकी मिना राई निद्रा लागेपछि मध्यरातमा एक्लै घर फर्किएकी थिइन् । परिवारका सबै सदस्य धामी हेर्न जाँदा ढोकामा चाबी लगाएका कारण उनी झ्यालबाट आफ्नो कोठामा सुत्न गएकी थिइन् ।

राति ११ बजे बालिकाको घरमा सामान किन्ने बाहनामा आएका रञ्जित झ्यालबाट बालिका सुतेको कोठामा प्रवेश गरेको प्रहरी स्रोतको भनाइ छ । रञ्जितले घरेलु मदिरा सेवन गरेका थिए, बालिकाले हात टोकेको रिसमा उनले बोतलले बालिकाको टाउकोमा प्रहार गरे । त्यसपछि घाँटी थिचेर बालिकाको मृत्युपछि बाहिर निस्केको प्रहरी स्रोतको दावी छ ।

घटनामा रञ्जितको मात्र संलग्नता देखिएपछि अन्यलाई छाडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

Sagoon Host

‘लैला’ले पुर्‍यायो रञ्जितको घर

बालिकाको शव भेटिएपछि प्रहरीले अभियुक्त खोज्न कुकुरको सहायता लिएको थियो । संघीय प्रहरी इकाई धरानबाट लगिएको ‘ट्रयाकिङ डग लैला’ घटना स्थलबाट रञ्जितको घरसम्म पुग्यो । त्यसपछि प्रहरीले रञ्जितलाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार मृतक बालिकालाई रञ्जितले भान्जी भन्थे । राति बलात्कार प्रयास गर्दा हात टोकेपछि आवेगमा हत्या भएको हो । तर सुनसरीका प्रहरी उपरीक्षक थापा बलात्कारपछि हत्या भयो भन्ने स्पष्ट आधार नभेटिएको बताउँछन् ।

20% OFF SAGOON

‘राईको संलग्नता खुलेपछि आज म्याद थप गरेर अनुसन्धान गर्दैछौं’ उनले भने ‘अनुसन्धान जारी छ । प्रारम्भिक अनुसन्धानमा बलात्कार प्रयासको विषय आरोपीले स्वीकार गरेका छैनन् ।’ आरोपीले आफूलाई गरिब भनेको झाँेकमा हत्या गरेको बयान दिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु