बालुवाटारमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

१५ असार, काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ ।

आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ ।

आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु