चलचित्र ‘घिन्ताङ’मा गौरवसँग जोडी बाध्दै धमला पत्नी एलिजा गौतम

काठमाडौं– नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’मा काम गर्दैछिन् । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी थिइन् ।

अब, यो चलचित्रका लागि नायक पनि फाइनल भएका छन् । चलचित्रमा नायिका एलिजा गौतमको जोडी नायक गौरव पहारीसँग जोडिने पक्का भउको छ । चलचित्रका लागि निर्देशक श्रेष्ठले नायक विपिन कार्कीसँग पनि कुरा गरेका थिए । तर, विपिनले समय दिन नसक्ने भन्दै चलचित्रमा काम गरेनन् । विपिनको समय नमिलेपछि गौरवलाई चलचित्रमा अनुवन्धित गरिएको निर्देशक श्रेष्ठको भनाई छ ।

यो चलचित्रलाई सामाजिक कथामा निर्माण गर्ने तयारी दिपकको छ । चलचित्रको वर्किङ टाइटल ‘घिन्ताङ’ राखिएको हो ।

एलिजाले चलचित्र ‘अनुराग’बाट यो क्षेत्रमा डेब्यू गरेकी थिइन् । दिपकले पनि नेपाली चलचित्र बजारमा हिट चलचित्र दिइसकेका छन् । नायिका गौतमले गौरवसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको बताइन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु