एमाले नेता देवी ज्ञवालीलाई पितृ शोक

चितवन,माघ ११- नेपाल कम्युनिष्ट पार्टी (एमालेका) पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलाई पितृ शोक परेको छ । नेता ज्ञवालीका पिता बालकृष्ण ज्ञवालीको आज (मंगलबार) विहान २ः१५ बजे निधन भएको हो । चितवनको कम्युनिस्ट आन्दोलनका अभिभावक समेत रहनुभएका उहाँको १०१ बर्षको उमेरमा निधन भएको छ । उहाँ २०४३ सालमा जनपक्षिय साविक मंगलपुर ३ बाट […]

यो पनि पढ्नुहोस

माओवादी नेता पुन चीनबाट चार्टर्ड विमानबाट स्वदेश फर्किंदै

१० माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त) चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक […]

यो पनि पढ्नुहोस

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

जनकपुर, ४ माघ –जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताउनुभयो । “मधेसी जनताले […]

यो पनि पढ्नुहोस

संक्रमणमुक्त बने माओवादी केन्द्रका अध्यक्ष दाहाल

काठमाडौँ, माघ ३- पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लेका अनुसार पुस २३ गते संक्रमण पुष्टि भएपनि हिजो बिहान गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । त्यस्तै प्रचण्डसँगै उनका स्वकीय सचिव मल्ल पनि संक्रमण मुक्त भएका छन् ।

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् बैठकले स्थानीय तहको चुनाव मिति तय गर्छ: स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौँ, माघ ३- अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तहको चुनाव मिति तय गर्ने स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले बताएका छन् । समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यही साताभित्र सरकारले स्थानीय तहको चुनावको मिति टुंग्याउने बताएका हुन् । त्यस्तै मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई […]

यो पनि पढ्नुहोस

खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखको मतगणना स्थगित

२८ पुस, सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए । सातौं जिल्ला अधिवेशन […]

यो पनि पढ्नुहोस

एमाले जिल्ला अधिवेशनः सुर्खेतमा बिसी, बाजुरामा शाही

कर्णाली, पुस २८– नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुनुुभएको छ । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम […]

यो पनि पढ्नुहोस

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं, पुस २३- सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकार सञ्चालनदेखि आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसेको हो । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको संयन्त्रको बैठक बिहीबार पनि बसेको थियो ।

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् बैठक बस्दै

२१ पुस, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् । पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान […]

यो पनि पढ्नुहोस

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौँ, १९ पुस -प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष […]

यो पनि पढ्नुहोस