उत्तर कोरियाले गर्‍यो लामो दुरीको मिसाइल परीक्षण

२८ भदौ, काठमाडौं । उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ ।

सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय मिटर टाढासम्म आक्रमण गर्न सक्छ ।

उत्तर कोरियाले यसअघि गत जनवरीमा क्रुज मिसाइल परीक्षण गरेको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दै थिए ।

अहिले जापानको राजधानी टोकियोमा अमेरिका, जापान र दक्षिण कोरियाबीच उत्तर कोरियाको विषयमा छलफल गर्न गइरहेको बेला मिसाइल परीक्षण गरिएको छ ।

ब्यालेस्टिक मिसाइल र परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु