
पाँचथर–काठमाडौं समन्वय समितिमा भक्त पयांगु
काठमाडौं । गत शनिवार सम्पन्न नेकपा (माओवादी केन्द्र) पाँचथर–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनले भक्त पयांगुको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्य र प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोको बिशेष आतिथ्यमा सम्पन्न उक्त सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा साम्देन लामा(दीपक), शेरबहादुर तुम्बापो र दीपेन्द्र आङ्देम्बे, सचिवमा सुमन अधिकारी, सहसचिवमा कल्पना राई र कोषाध्यक्षमा हेमराज दाहाल रहेका छन् । ३५ सदस्यीय समितिमा बाँकी ६ जना पछि थप गरिने निर्वाचन समितिका संयोजक दीपेन्द्र पोखरेलले जानकारी दिए ।
यसैगरि पाँचथरका ८ वटै गाउपालिका समिति पनि गठन भएको पोखरेलले बताए । सम्मेलनले विन्देश्वर खनालको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार परिषद् पनि गठन गरेको छ । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई हर्कबहादुर नेम्बाङ (मिक्सो) ले सपथग्रहण गराएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]