पल शाह प्रकरण : नाबालिकादेखि पीडितका बुबा सबैले फेरे बयान

नवलपुर । नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा कारागारमा रहेका अभिनेता पल शाहविरूद्ध जाहेरी दिनेदेखि पीडित बालिकाको पक्षमा साक्षी बसेका सबैले बयान फेरेका छन् ।

बिहीबार नवलपुर जिल्ला अदालतमा उनीहरुले बकपत्रमा बयान फेरेका हुन् । नाबालिका गायिकाले पनि बुधबार बकपत्रमा बयान फेरेकी थिइन् । नाबालिका गायिकाले घटना हुँदै नभएको र प्रतिवादी पल शाह निर्दोष रहेको बताएकी थिइन् ।
बिहीबार जाहेरवाला गायिकाका बुबाको पनि बकपत्र गरिएको थियो । उनले पनि घटना नभएको बताएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

बिहीबार बिहानैदेखि सुरू भएको बकपत्र लिने क्रममा बिहीबार अभिनेता पल शाह, नाबालिका गायिका, उनका बुबा, कलाकार दुर्गेश थापा, पलका आफन्तलगायत नवलपुर जिल्ला अदालत आएका थिए ।

बिहीबार गायिकाका बुबाका साथै घटनाका साक्षी कलाकार दुर्गेश भन्ने दुर्गाबहादुर थापा, अनन्त कँडेल, योगेश काजी भन्ने योगेश शाहको बकपत्र गरिएको थियो । यी तीनैजना साक्षीले यसअघि प्रहरीसमक्ष गरेको कागजमा पल दोषी रहेको बताएका थिए । अहिले बकपत्रमा भने घटना नै नभएको भनेर बकपत्र गरेको सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

जिल्ला अदालत तनहुँमा बकपत्रमा बयान फेरेकी गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी थिइन् । बुधबार अभिनेता पल शाहविरूद्ध परेको उजुरीमा नवलपुर जिल्ला अदालतमा पीडित गायिकाको बकपत्र गरिएको हो भने बिहीबार ४ जनाको गरिएको हो । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासमा बकपत्र गरिएको हो । यादवका अनुसार वादी नेपाल सरकार पक्षका साक्षी २÷३ जनाको बकपत्र बाँकी छ भने प्रतिवादी पल शाह पक्षका ६÷७ जनाको बकपत्र लिन बाँकी छ ।

बकपत्र सक्न अझै कम्तीमा दुई दिन लाग्ने बताइएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरको इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दिएका हुन् ।

पीडित बालिका, जाहेरीवाला, साक्षीहरु सबैले बकपत्रमा बयान फेरेपछि अभिनेता पल शाहको पक्षमा मुद्दा ढल्किने सम्भावना रहे पनि पल छुट्न सक्ने सम्भावना धेरै देखिएको छ ।

Sagoon Host

कानुन व्यवसायीहरुका अनुसार अभिनेता पलले तनहुँ र नवलपुरमा सरकारी वकिलसमक्ष दिएको बयानमा गल्ती स्वीकार नगरेको र अहिले पीडित, जाहेरी दिने र सरकारी साक्षी सबैले बयान फेरेपछि पलको पक्षमा मुद्दा ढल्किएको छ ।
किटानी जाहेरी, साक्षीले प्रहरीसमक्ष मौकामा गरेको कागजमा दिएको बयान र मेडिकल रिपोर्टका आधारमा पनि पललाई दोषी ठहर गर्ने सम्भावना रहन्छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु