माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको बसको ठक्करबाट मृत्यु

८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ । रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बञ्जाडे अखिल (क्रान्तिकारी)को पूर्व महासचिव समेत हुन् ।

यो पनि पढ्नुहोस

अर्घाखाँची कांग्रेस सभापतिमा पौडेल पक्षका श्रेष्ठ विजयी

८ मंसिर, बुटवल । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी  पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरे । यस्तै पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार यादवप्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । निर्वाचनमा १४ […]

यो पनि पढ्नुहोस

पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

८ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रम्भापुरमा ट्रकको ठक्करब्ााट दुई जनाको मृत्यु भएको छ । भुस बोकेको प्रदेश २-०३००१ ख ४५२४ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा रम्भापुर गैंडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम […]

यो पनि पढ्नुहोस

नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिइने समझदारी

काठमाडौं । नेपाल र भारतसरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र स्वास्थ्य सचिव डा. रोशन पोखरेलबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीसंगै भारत र नेपाल मध्ये कुनै एक देशको कोरोना खोप प्रमाणपत्रले दुवै देशमा मान्यता पाउनेछ । अब दुवै […]

यो पनि पढ्नुहोस

चितवनको सुरक्षा व्यवस्थामा कडाई, महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी खटिँदै

चितवन, मंसिर ७- नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । एमाले महाविधेशनको सुरक्षाको लागि चितवन र नवलपुरमा गरी १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ […]

यो पनि पढ्नुहोस

प्रतिकूल मौसम र कम भिजिबिलिटीकम हुँदा बिहानका उडान प्रभावित

काठमाडौँ, मंसिर ७- प्रतिकूल मौसम र कम भिजिबिलिटीकम हुँदा बिहानका उडान प्रभावित भएका छन्। जाडोको मौसम सुरु भएसँगै बिहानीपख तुवाँलो र प्रदूषणले विमानस्थलमा भिजिबिलिटी कम हुने समस्या भएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार भिजिबिलिटी कम भएकै कारण तुम्लिङटार, पोखरा र जनकपुर विमानस्थलमा गरी तीन विमानस्थलमा उडान भर्न सकिएको छन् । त्यस्तै […]

यो पनि पढ्नुहोस

वीरगञ्ज भन्सार कार्यालयलमा पाँच अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज, मंसिर ७- वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८-७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो […]

यो पनि पढ्नुहोस

१४ औँ महाधिवेशन: झापाका ५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

झापा, मंसिर ७- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा ईन्द्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई पछि पार्दै जीत हासिल गर्नुभएको हो । क्षेत्र नं २ मा खगेन्द्र मौनाली निर्वाचित […]

यो पनि पढ्नुहोस

१० औँ महाधिवेशन : सौराहाका होटलका सबै कोठा ‘बुकिङ’

चितवन, मङ्सिर ७- नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो । महाधिवेशनका लागि सो पार्टीले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ । यसका लागि […]

यो पनि पढ्नुहोस

राप्रपा अध्यक्षमा लिङ्देनलाई धवलशम्शेरको साथ

७ मंसिर, काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । नेता धवलशम्शेर राणाको समर्थन पाउने टुंगो लागेपछि लिङ्देनले बिहीबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका हुन् । राप्रपामा नयाँ पुस्ताबाट राणा र लिङ्देनमध्ये एक जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए । त्यसबीच राणा र लिङ्देनबीच भएको छलफलबाट लिङ्देनलाई राणाले सहयोग गर्ने […]

यो पनि पढ्नुहोस