मलेसियाका मुनियाण्डीले भैरहवाबाट ईपीएल खेल्ने

३१ भदौ, काठमाडौं । मलेसियाका अलराउण्डर शर्भिन मुनियाण्डीले भैरहवा ग्लाडिएटर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । भैरहवाले बिहीबार विज्ञप्ति जारी गरेर २५ वर्षीय मुनियाण्डीलाई अनुबन्ध गरेको जनाएको छ ।

भैरहवाले मुनियाण्डीलाई चौथो विदेशीको खेलाडीको रुपमा भित्र्याएको हो । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले यसअघि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल,  श्रीलंकाका बलर धम्मिका प्रसाद र श्रीलंकाकै ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ ।

भैरहवाको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दसानायके छन् ।

चौथो संस्करणको ईपीएल टी–२० क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु