माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको बसको ठक्करबाट मृत्यु

८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ ।

रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बञ्जाडे अखिल (क्रान्तिकारी)को पूर्व महासचिव समेत हुन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु