
मुद्दा छानी–छानी आफ्नै इजलासमा पेशी तोक्दै प्रधानन्यायाधीश
१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नयाँ दर्ता भएका रिट निवेदन छानीछानी आफ्नै इजलासमा पेशी तोक्न थालेका छन् । आइतबार चारजना न्यायाधीशको एकल इजलास राखेका उनले सुनुवाइ हुने खालका र अनुकूल मुद्दामात्रै आफ्नो इजलासमा तोकी बाँकी मुद्दा अरु न्यायाधीशको एकल इजलासमा तोकेका हुन् ।
आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा दुईवटा निवेदनमात्रै राखेका थिए । २०७८ कात्तिक ७ गते महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेको ०७८–डब्लुओ–०४६६ नम्बरको रिट निवेदन महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेको हो र त्यो मुद्दा सैनिक अदालतको क्षेत्राधिकारसँग जोडिएको विषय हो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


