कंचनजंघामा होम स्टे अध्ययन सम्पन्न

काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोको संयोजकत्वमा स्थानीय कार्यपालिका र प्रशासनको संयुक्त टोली विश्वको तेस्रो सर्बोच्च शिखर कंचनजंघाको बेस क्याम्प पुगेर हालै फर्किएको छ ।


सिरिजङ्घा गाउँपालिका र संघीय सरकारको साझेदारीमा निर्माण भईरहेको कंचनजंघा साहसिक पदमार्ग र उक्त पदमार्गमा पर्यटकहरुका लागि सम्भावित होम स्टे निर्माण अध्ययनका लागि उक्त टोली कंचनजंघा बेस क्याम्पसम्म पुगेर फर्किएको गाउँपालिका उपाध्यक्ष डा. माबोले बताउनुभयो । सिरिजङ्घाको गौरव, कंचनजंघा भन्ने मुल नारा नै तय गरेको सिरिजङ्घा गाउँपालिकाभित्र पर्ने सुन्दर कंचनजंघा हिमाल नेपालकै गौरब भएको बताउदै उपाध्यक्ष डा. माबोले भन्नुभयो, “कंचनजंघाको अझ व्यापक रुपमा प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि आवश्यक पहल र पुर्वाधारहरु निर्माणका लागि गाउँपालिका सशक्त ढंगले लागिरहेको छ ।”

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्