रियललाई ७ अंकको अग्रता

८ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले गएराति भएको खेलमा अलाभेजलाई ३-० ले पराजित गरेको छ । यस जितपछि रियलले दोस्रो स्थानको सेभियामाथि ७ अंकको अग्रता समेत बनाएको छ । घरेलु मैदानमा रियलले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । मार्को एसेन्सियोले ६३ औं मिनेटमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका […]

यो पनि पढ्नुहोस

दर्ता भएको ३२ महिनापछि संसदमा एमसीसी टेबल

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । २०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले […]

यो पनि पढ्नुहोस

संसदमा देव गुरुङले सभामुखलाई भने : एमसीसी टेबल नगरौं

८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न नहुने […]

यो पनि पढ्नुहोस

एमसीसी टेबल गर्ने निर्णय: माओवादीका तीन सांसदले जनाए असहमति (पत्रसहित)

काठमाडौँ, फागुन ८- संसदमा एमसीसी टेबल गर्न निर्णयमा माओवादीका तीन सांसदले लिखित असहमति जनाएका छन् । उक्त निर्णय प्रति प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै असहमति जनाएका हुन् । उनीहरुले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेखेर असहमति जनाइएको हो ।

यो पनि पढ्नुहोस

निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वरमा तनाव

८ फागुन, काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ । नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको […]

यो पनि पढ्नुहोस

एमसीसी संसदमा टेबल भए विपक्षमा मत दिन्छौं : दुर्गा पौडेल

८ फागुन, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । बैठकमा जनमोर्चालाई भने बोलाइएको थिएन । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘एमसीसी टेबल गर्न नै […]

यो पनि पढ्नुहोस

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

८ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा सहभागी छैन । कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद बैठकको कार्यसूची तय गर्ने छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसीसी अनुमोदनको प्रस्ताव संसद बैठकमा पेश गर्ने सहमति जनाएको […]

यो पनि पढ्नुहोस

काठमाडौंको यातायात आवागमन अस्तव्यस्त

ट्राफिक प्रहरी महाशाखाले भन्यो– बानेश्वर भएर यात्रा नगर्नुस् ८ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ । तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक लगाइएपछि यातायात आवागमन अस्तव्यस्त भएको हो । काठमाडौंको नयाँ बानेश्वरमा सडकमै मानिसहरु भेला भएर प्रदर्शन जारी राखेकाले सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभर्सन […]

यो पनि पढ्नुहोस

एमसीसी टेवुल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको आपत्ति, भने– विदेशीको दबाबमा पार्टीहरु झुके

काठमाडौं, फागुन ८- नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेको समेत आरोप लगाए । ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा […]

यो पनि पढ्नुहोस

एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई सत्तारुढ गठबन्धनको बैठकमा बोलाइएन

काठमाडौं, ८ फागुन अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको पाइएको छ । सुरुमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाएको पाइएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बैठकमा आफूलाई […]

यो पनि पढ्नुहोस