
एमसीसी संसदमा टेबल भए विपक्षमा मत दिन्छौं : दुर्गा पौडेल
८ फागुन, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ ।
सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । बैठकमा जनमोर्चालाई भने बोलाइएको थिएन । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘एमसीसी टेबल गर्न नै हुन्न । पेलेर पेश गरे विपक्षमा मतदान गर्छौं ।’\
अरुलाई पनि विपक्षमा मत दिन अपील गर्ने उनले बताइन् ।
गठबन्धन छाड्ने नछाड्नेबारे भने राष्ट्रिय जनमोर्चाले परिस्थिति हरेर निर्णय गर्ने उपाध्यष पौडेलले जानकारी दिइन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



