तालिबानले मारे भारतीय वाणिज्य दूतावासमा छापा, भारतको कर्तुत पत्ता लागाउदै तालिबान

एजेन्सी । अफगानिस्तानमा हालै सत्ताकब्जा गरेको तालिबानले त्यहाँस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ । ताला तोडेर तालीबानी लडाकुहरु दूतावासभित्र प्रवेश गरेको बताइएको छ ।

तालिबानले मारे भारतीय वाणिज्य दूतावासमा छापा, भारतको कर्तुत पत्ता लागाउदै तालिबान

भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको हवाला दिँदै बिबिसी हिन्दी लगायत सञ्चारमाध्यमहरुले उक्त खबर बाहिर ल्याएका छन् । जसअनुसार अफगानिस्तानको कन्धार र हेरातमा रहेका तर हाल बन्द अवस्थामा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोलेर तालिबानी लडाकु भित्र प्रवेश गरेका हुन् । त्यस क्रममा उनीहरूले कन्धारस्थित भारतीय दूतावासको दस्तावेज खोज्दै दराज खोलेको र दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरु लिएर हिँडेको बताइएको छ ।

तर जलालावाद र राजधानी काबुलमा रहेका भारतीय वाणिज्य दूतावासमा भने के भइरहेको छ, त्यसबारे यकीन जानकारी प्राप्त भइसकेको छैन ।

राजधानी शहर काबुलमा भने तालीबानी लडाकुहरु घरघरमा प्रवेश गरेर खानतलासी दिइरहेका जनाइएको छ । अफगानहरु को खोजी मा घर(घर खोज आयोजित गरीएको छ । काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडीएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेका हुन् ।

रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६ हजार लडाकुहरुले राजधानी काबुल कब्जा गरेका छन् । यसको नेतृत्व हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ अनस हक्कानीले गरेका छन् । अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद करजई र एचसीएनआर प्रमुख अब्दुल्ला अब्दुल्लाहलाई भेटेको बताइएको छ । यसले यो पनि देखाउँछ कि करजई र अब्दुल्लाका गतिविधिहरु प्रतिबन्धित र तालिबानद्वारा नियन्त्रित छन् ।

यसैबीच, अफगानिस्तानको बदलिँदो परिस्थितिमाझ भारतका विदेशमन्त्री एस जयशंकरले चरमपन्थी संगठन हक्कानी नेटवर्कको गतिविधिबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा मुद्दा उठाएका छन् । उनले भनेका छन् कि पाकिस्तानमा आधारित लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदजस्ता चरमपन्थी संगठनले निर्भयतासंग प्रोत्साहित हुँदै काम गरीरहेका छन् ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु