बालेनले पाए १० हजारभन्दा बढी मत

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् ।

आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४९९ मत अन्तरले अगाडि छन् ।

केशव स्थापितले ५ हजार ४५३ र सिर्जना सिंहले ४ हजार ७४२ मत पाएकी छन् ।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत र विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले १०७ मत पाएकी छन् ।

उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ४१९ मतसहित अग्रता कायम गरेका छन् ।

सत्ता गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५७५ मत पाएका छन् । राप्रपाकी उम्मेदवार विनिता मगैयाको पक्षमा १ हजार ७०९ र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरको पक्षमा ४०४ मत पाएकी छन् ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु