नर्वेले केयूलाई ३० करोड ६० लाख सहयोग गर्ने

११ कात्तिक, काठमाडौं । काठमाडौं विश्वविद्यालय र नर्वेबीच ३० करोड ६० लाख मूल्य बराबरको सहयोगसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार इनर्जाइज नेपाल कार्यक्रम अन्तर्गत नर्वेले काठमाडौं विश्वविद्यालयलाई १२ एकेडेमिक रिसर्च प्रोजेक्ट र १० वटा बिजनेश आइडियाका लागि रकम उपलब्ध गराउने छ ।

यो सहयोगबाट आंशिक रुपमा १५ पीएचडी र ३० एमएससी विद्यार्थीहरुको शोधमा सहयोग पुग्ने विश्वास छ । नवीकरणीय ऊर्जा र जलविद्युत् क्षेत्रमा शोध गर्न चाहने जोसुकै नेपालीले यो प्रोग्राम अन्तर्गत सहयोग लिन सक्ने इनर्जाइज नेपालका असिस्टेन्ट प्रोग्राम म्यानेजर नवराज सन्जेलले जानकारी दिए ।

यस सम्बन्धी कार्यक्रम काठमाडौं विश्वविद्यालयमा सन् २०१६ जुलाई महीनादेखि जारी छ । अघिल्लो पटकको सम्झौता आगामी डिसेम्बर महीनामा सकिंदै थियो । अहिले पुनः तीन वर्षका लागि सहयोग सम्बन्धी सम्झौता थप भएको सन्जेलले जानकारी दिए । सहयोगसम्बन्धी सम्झौता गत मंगलबार भएको हो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु