पाँच ट्रक गोरु प्रहरी नियन्त्रणमा

२० मंसिर,बुटवल । तस्करीका लागि पूर्वतर्फ लैजाँदै गरिएका पाँच ट्रक गोरु रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । पाँच वटा ट्रकमा राखिएका १२१ वटा गोरुलाई प्रहरीले बुटवलको अस्पताल लाइनबाट शनिबार नियन्त्रणमा लिएको हो ।

गोरु तस्करी गरी पूर्वतर्फ लैजाँदै गरेको सूचनाका आधारमा ट्रकहरु रोकेर चेकजाँच गर्दा कागजात शंकास्पद देखिएकाले ट्रक र ट्रकमा रहेका १२१ वटा गोरु नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

प्रहरीले ना ५ ख ५६५५,ना ८ ख ७३०२, बागमती प्रदेश ०३–००१ ख ०३३३, ना ६ ख ५७१२ र ना ५ ख ७५३९ नं.को ट्रकसहित ट्रक चालकहरु बाराको निजगढ नगरपालिका– ८ का ३६ वर्षीय गणेश पौडेल, बारा जितपुर सिमरा नगरपालिका–१६ का ३८ वर्षीय तिलकबहादुर जिम्बा, बाराको निजगढ नगरपालिका– ९ का ५२ वर्षीय शम्भु भट्टराई, मकवानपुरको हेटौडा–१४ का ३० वर्षीय लक्ष्मण दनै र र बारा निजगढ नगरपालिका– ९ का ३२ वर्षीय नवराज कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए । उनका अनुसार नियन्त्रणमा लिएका सबै गोरुलाई पशु क्वारेन्टाइन भैरहवामा पठाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु