साताभरी बढ्यो शेयर बजार

११ कात्तिक, काठमाडौं । लगातार पाँचौ दिन बढ्दै यो साता शेयर बजारले सुधारको संकेत देखाएको छ । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख खुम्चिएको छ । बिहीबार २२२ कम्पनीको ५२ लाख ३६ हजार ६१३ कित्ता सेयर दोस्रो बजारमा ५९ हजार १४० पटक खरिद बिक्री भएको थियो ।

आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घट्न पुग्यो भने तन कम्पनीको शेयर मूल्य स्थिर रह्यो । आज रिडी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरका लगानीकर्ताले बजारबाट अधिक मात्रामा कमाए ।

यस्तै एनएमबि हाइब्रीड फण्ड एक र गुराँस लाईफ इनस्योरेन्स र सिटिजन्स म्युचुअल फण्ड दुईका लागानीकर्ताले दोस्रो बजारमा धेरै गमाए । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहमा हरियाली छाएको थियो भने ६ उपसमूह ओरोलो लागेकोथियो । बिहीबार माइक्रोफाइनान्स र जलबिद्युत उपसमूहमा उच्च बृद्धि देखिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु