
निप्पाेन एजुकेसनल सेन्टरले पूर्ण सफलता पुर्वक १२ औँ बर्षमा प्रवेश
चितवन- उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थिहरुलाई परामर्श दिदै आईरहेकाे निप्पाेन एजुकेसनल सेन्टर स्थापनाकाे १२ औँ बर्षमा प्रवेश गरेकाे छ । बि स २०६७ भाद्र ११ गते ( सन् २०१०) स्थापना भएकाे निप्पाेन एजुकेसनल सफलता पुर्वक एघार बर्ष पुरा गरी १२ औँ बर्षमा प्रवेश गरेकाे हाे । १२ औ वर्षमा प्रवेश गरेको खुशियालीमा निप्पोन ( आज ) शुक्रबार भेटघाट कार्यक्रम आयाेजना गरेकाे थियाे । निप्पाेन कार्यलयमा नै आयाेजित उक्त कार्यक्रममा बाेल्दै संस्थाका प्रवन्ध निर्देशक दिपक चन्द्र भट्टराईले गएकाे ११ बर्षमा संस्थाबाट धेरै विद्यार्थीहरुले सेवा लिएकाे बताएका छन् । उनले गुणस्तरिय भाषा कक्षा र परामर्श दिदै आएकाे निप्पाेनले स्थापनाकाल देखिनै विद्यार्थिहरुकाे मन जित सफल भइरहेकाे बताए ।
निप्पाेन उच्च शिक्षाकाे लागि जापान जान चाहने विद्यार्थिहरुकाे लागि मुख्य सेतुकाे रुपमा काम गरिरहेकाे उनले बताए । जापनिज भाषाकाबाटनै नामाकरण गरिएकाे निप्पाेनले स्थापनाकाल देखिनै जापान जान चाहने विद्यार्थीहरुकाे सपना पुरा गर्दै आइरहेकाे भट्टराइकाे भनाइ छ । संस्थाले प्रदान गर्ने गुणस्तरियताकाे कारण नै विद्यार्थिहरुले विश्वास गर्ने गरेकाे उनकाे दाबी छ ।
काेभिड महामारिका कारण पहिले जस्ताे सहस बातावरण छैन तर आगमि दिनमा पनि गुणस्तरियतामा कुनै पनि कमी नगर्ने उनले बताए । विद्यार्थिहरुकाे रुची, अवस्था र प्राथमिकतालाइ ध्यानमा राखी स्पस्ट परामर्श दिनु नै निप्पाेनकाे विशेषता भएकाे उनकाे भनाइ छ । शहिदचाेक नारायणगढमा मुख्य कार्यालय रहेकाे निप्पाेनमा काेभिड महामारिलाइ मध्यनजर गर्दै स्वास्थ मापदण्ड अपनाएर बिशेष सेवा दिइरहेकाे छ । निप्पाेनमा अहिले ४ जना शिक्षकहरुले शिक्षण गरीरहेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]