कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ

कंचनपुर, जेठ २,-कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाह सीमा क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीले सुदूरखबर प्रेस लेखेको ज्याकेट लगाएका २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको हो।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जोशीले भारतीय नागरिकबाट ७ सय ग्राम खैरो हिरोईन नामक लागुऔषध ल्याएको शसस्त्र प्रहरीले बताएको छ। उनीसंग सुदूरखबरको परिचय पत्र समेत रहेको छ।

उनको साथबाट २ थान मोवाईल, एक थान क्यामेरा, ५ थान बैँकको चेक,  एक थान एटीएम, एक थान पश्चिम नेपाल दैनिकको पास, यू.एन ट्रेड कन्सर्नको नाममा रहेको ब्लूबुक बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु