
काभ्रेको भुम्लु गाउँपालिकामा माओवादी विजयी
३ जेठ, काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
आज बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले ४ हजार ५६८ मत पाए ।
उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ (दावा लामा) ६ हजार ९८ मतसहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कल्पना श्रेष्ठले ४ हजार २९ मत पाएकी छन् ।
काभ्रेका १३ वटा स्थानीय तहहरुमध्ये भुम्लु नतिजा सार्वजनिक गर्ने पहिलो पालिका हो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]