विकासले गति लिइरहेको छ : खानेपानी मन्त्री वीना मगर

 

लाल बहादुर एस.के.
नेपाल सरकारकी खानेपानी मन्त्री वीना मगर यतिखेर गृहजिल्ला कञ्चनपुरमा हुनुहुन्छ । विश्वमहामारी कोरोनाका कारण आफ्नो गृहजिल्ला कञ्चनपुर आउन नपाएकी मन्त्री मगरले यतिबेला कञ्चनपुरका विकासे आयोजनाहरुको अवलोकनमा हुनुहुन्छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको आयोजनामा सञ्चालन भएको “महिला हिंसा विरुद्धको १६ दिने अभियान” कार्यक्रममा सहभागी हुनुभएकी मन्त्री मगरले कार्यक्रमबाटै निर्वाचन क्षेत्रका अधुरा योजनाहरुको काम सम्पन्न गर्ने बताउनुभयो ।

उहाँले कञ्चनपुर क्षेत्र नम्बर १ का अधुरा योजना स्थानीय, प्रदेश र सघीय सरकार मिलेर गर्नुपर्ने बताउनुभयो । उहाँलेले भन्नुभयो ‘हामीले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्नुपर्छ ।’

मन्त्री मगरले एकिकृत दिगो विकास र सम्बृद्धिका लागि आफुले परेका पहल कार्यान्वयन भईरहेको भन्दै उनले केही अधुरा योजनालाई समेत प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभयो । जनतासंग गरेका प्रतिबद्धता र बाचा अनुरुप खानेपानी मन्त्रालय र आफुले निर्वाचन क्षेत्र नम्बर १का तर्फबाट गरिरहेको बताउदै उनले जनताको विश्वास अझै बलियो बनाईराख्ने बताउनुभयो ।

मन्त्री मगरले कम्यूनिष्ट सरकारको विकास देखेर केही प्रतिकृयावादी समुह आत्तिएको बताउदै उहाँले विकासमा अनावश्यक राजनीतिक अडचन गर्न नहुने बताउनुभयो । सरकारले जनअपेक्षा अनुरुप कामको स्प्रीड अघि बढाएको बताउदै मन्त्री मगरले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । मन्त्री मगरले लैङ्गिक भेदभाव अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि समाजका सबै तह जुट्नुको विकल्प नभएको बताउनुभयो । उहाँ बुधबारदेखि निर्वाचन क्षेत्रका योजना अवलोकन, जनता तथा नेता कार्यकर्तासंग छलफल एवम् क्षेत्रको विकास निर्माणको समिक्षा गर्दै आगामी योजना बनाईने मन्त्रीका स्वकीय सचिव दिपक तिमलसिनाले बताउनुभयो । उहाँका अनुसार विहिबार र शुक्रबार मन्त्री मगरले निर्वाचन क्षेत्रका चारवटै स्थानीयतहमा पुगि छलफल, भेटघाट एव अनुगमन गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



हेमन्त न्यौपाने पहिलो प्रहरका सम्पादक हुन ।