
शुक्रबार भारतीय विदेश सचिवले नेपाल–भारत सम्बन्धबारे प्रवचन दिने
१० मंसिर काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं ओर्लने भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले शुक्रबार नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचन दिने भएका छन् ।
एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) ले आयोजना गर्ने कार्यक्रममा भारतीय विदेश सचिवले दुईपक्षीय सम्बन्ध र साझेदारीको विषयमा बोल्ने छन् ।
एआईडीआईएका कार्यकारी अधिकृत सुनील केसीले एक विज्ञप्ति जारी गदै भनेका छन्,’यो कार्यक्रम पब्लिक डिप्लोमेसीलाई प्रवर्द्धन गर्ने हाम्रो वृहत उद्देश्यको एक अंश हो । यो कार्यक्रमले दुईपक्षीय सम्बन्धलाई अझ गहन बनाउन सहयोग गर्नेछ ।’
विभिन्न थिङ्क ट्याङ्क, राजनीतिक दलका नेता, सरकारी अधिकारी, कूटनीतिक मिसनका पदाधिकारीहरु र अन्य विभिन्न क्षेत्रले सहभागिता जनाउने सो संस्थाले जानकारी दिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


