
एनआरएन सोसल क्लब ओमान नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको ओमानमा जमघट
मस्कट (ओमान) – गैरआवासीय नेपाली (एनआरएन) सोसल क्लब ओमानको सातौ महाधिवेसन सम्पन्न भएको छ । शुक्रवार एनबिओ अडोटोरियम हल मस्कटमा महाधिवेशन सम्पन्न भएको हो । सातौ महाधिवेसनले एनआरएन ओमानको आगामी २०२३–२५ कार्यकालको लागी नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त सातौ महाधिवेसनले एनआरएन ओमानका अध्यक्ष बिकल झालाई नै निरन्तरता दिएको छ । क्लबको १७ मार्च शुक्रबारको दिन सम्पन्न अधिवेशनले सन् २०२३–२०२५ का लागि २३ सदस्यीय कार्यसमित सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा सुरेश खड्का, रविन सिल्पकर,टिकाप्रसाद दाहाल र महिला उपाध्यक्षमा पूजा बस्नेत चयन गरेको छ भने महासचिबमा सुसन श्रेष्ठ, सचिबमा कमल अर्याल र लक्ष्मी निर्मल कोइराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा विनोद दास, युवा तथा खेलकुद संयोजकमा सुरज चित्रकार र महिला संयोजकमा गरिमा सुबेदी चयन गरेको छ।
यस्तै कार्यसमितिको सदस्यहरुमा बसन्त नेपाली, काशी राम सुनार, सुबाश काफ्ले, बिबेक ज्ञवाली, केशव केसी, कुल प्रसाद गेलाल, डिसुजा खनाल, रिना पुर्जा पुन, दिलिप पाण्डे, मिरा नेपाली चयन भएका छन ।
उक्त अधिवेसनमा एनआरएन आईसिसि उपाध्यक्ष डिबि क्षेत्रीले एनआरएन ओमानको नवनिर्वाचित कार्यसमिती लाई शुभकामना दिदै अवको आईसिसि नेतृत्व मध्यपुर्वले पाउनुपर्ने दावी गरे ।
कार्यक्रमका लागि मध्यपुर्वका अन्य देशहरु कतार, युएई, साउदी अरवबाट आईसिसिमा नेतृत्व गर्ने पदाधिकारी र अभियन्ताहरुको ओमानमा जमघट भएको थियो । उक्त महाधिबेसनमा सहभागी हुनको लागी एनआरएन आईसिसि उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी,सचिव प्रविन गुरुङ,एनआरएन मध्यपुर्व संयोजक मनोज गोर्खाली,अभियन्ता राजु सैयद,शनिकुमार ओली,एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,एनआरएन युएईका उपाध्यक्ष बिकास साहीलगाएत अतिथिहरु ओमान आएका थिए । एनआरएन आईसिसिका अर्का उपाध्यक्ष डिबि क्षेत्री ओमानमै रहेका छन ।
आगामी २०२३– २५ कार्यकालको लागि पहिलो अधिवेसन ओमानको भएकाले यसलाई महत्वका साथ हेर्दै मध्यपुर्वका एनआरएन नेतृत्वहरु ओमानमा जम्मा भएका हुन । आगामी आईसिसि नेतृत्व मध्यपुर्वले दावी गरिरहेको अवस्थामा ओमानमा मध्यपुर्वका नेतृत्वको जमघटलाई अर्थपुर्ण रुपमा हेरिएको छ । एनआरएन आईसिसिको आगामी नेतृत्वका लागि मध्यपुर्वबाट उपाध्यक्ष आरके शर्माले दावी गरेका छन । उक्त महाधिवेसनमा ओमानमा रहेको नेपाली दूतावासलगायत नेपाली संघसँस्थाहरुको उपस्थिति रहेको थियो ।
ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अतिथिकारुपमा एनआर एन आइसीसी उपाध्यक्ष आर के शर्मा, नरेन्द्र भाट र डि बि क्षेत्री, आइसीसी युवा उपाध्यक्ष राज रेग्मी,आइसीसी सचिव प्रबिण गुरुङ, मध्यपूर्व संयोजक मनोज गोर्खाली, एनआरएन एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा, एनआरएन एनसीसी युएईका उृपाध्यक्षन बिकास शाही,अभियन्ता राजु सैयद, शनी कुमार ओली, जनसवाल दैनिकका सम्पादक रामजी बगाले लगाएतको सहभागिता रहेको थियो ।

महाधिबेसनमा बिभिन्न देशबाट आएका एनआर एन अभियन्ताहरु एनआरएन आईसिसि उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट,एनआरएन युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविन गुरुङ, मध्यपुर्व संयोजक मनोज गोर्खाली, एनआरएन अभियन्ता राजु सैयद, शनिकुमार ओली, एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनआरएन युएईका उपाध्यक्ष बिकास साहीले एनआरएन ओमानको बिकल झाको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिलाई शूभकामना ब्यक्त गर्दै मध्यपुर्व एकताका बारेमा आ–आफ्नो भनाई राखेका थिए । उनीहरूले मध्यपुर्व एकता गर्ने सहमती गर्दै एनआरएन स्थापना भएको २० बर्ष हुदा पनि मध्यपुर्वले नेतृत्व नपाउनु दुखद भएको जनाउदै आगामी नेतृत्वमा मध्यपुर्वलाई सहयोग गर्न समस्त गैरआवासिय नेपालीलाई आग्रह गरे ।
उक्त अधिवेसनमा एनआर एन आईसिसि उपाध्यक्ष डिबि क्षेत्रीले एनआरएन ओमानको नवनिर्वाचित कार्यसमिती लाई शुभकामना दिदै अवको आईसिसि नेतृत्व मध्यपुर्वले पाउनुपर्ने दावी गरे ।
कार्यक्रममा ओमानका लागी नेपाली राजदुत डोरनाथ अर्यालले एनआरएन मध्यपुर्वको नेतृत्वलाई ओमानमा स्वागत गर्दै आफुले नेपाली समुदायसँग सहकार्य गरेर काम गरिरहेको र गर्ने बताए । राजदुत अर्यालले एनआरएनले नेपाली समुदायको हक हितका लागी धेरै काम गरिरहेको जनाउदै एनआरएनको सराहना गरे । उनले एनआरएन ओमानको नवनिर्वाचित कार्यसमीतीको स्वागत गर्दै सबै नेपाली संघ सँस्थासँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे । राजदुत अर्यालले ओमानमा रहेका नेपालीहरुको हक हित र अधिकारको लागी आफू सधै तल्लीन रहेको जनाउदै कोही नेपालीलाई समस्या परे सिधै आफुलाई सम्पर्क गर्न अनुरोध गरे ।
उक्त कार्यक्रममा एनआरएन उपाध्यक्ष आरके शर्माले एनआरएन ओमानको नयाँ कार्यसमिति लाई शुभकामना ब्यक्त गर्दै आगामी आईसिसि नेतृत्वमा आफुले दावी गरेकाले सहयोग गर्न बिश्व मा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरे । शर्माले रेमिटेन्सको हव मध्यपुर्व,मलेसिया र कोरिया बाट पठाएको रेमिटेन्स सही सदुपयोग गर्नुपर्ने जनाउदै रेमिटेन्सको १० प्रतिशत सामूहिक लगानीमा प्रयोग गर्न माग गरे । शर्माले आफुले धेरै पहिलेदेखि सरकारसँग यो बिषयमा पटक पटक कुरा भएपनि लागु नभएकोमा आफू दुखी रहेको जनाउदै सरकारले यती मात्रै गरेपछी अबैधानीक बाटोबाट पैसा नेपाल नजाने र रेमिटेन्समा ठुलो रकम बृद्दि हुने बताए ।
उपाध्यक्ष शर्माले विदेशबाट पठाएको ७० प्रतिशतभन्दा बढि रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेकोले सही सदुपयोग गर्नु नै आजको आवश्यकता रहेको बताए । उपाध्यक्ष शर्मा विगत लामो समयदेखि रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा सामुहिक लगानी गर्नका लागि सरकार समक्ष आग्रह गर्दै आउने ब्यक्तिका रुपमा चिनिन्छन ।
उक्त कार्यक्रममा शर्माले नेपालमा रेमिट्यान्स भित्रिएको छ भनेर मात्र मख्ख नपर्न आग्रह गर्दै उत्तिकै मात्रामा पैसा बाहिर गइरहेको दावी पनि गरे । उनले भने –‘रेमिट्यान्स भित्रिएको मात्र छैन बाहिर पनि गइरहेको छ ।’
उपाध्यक्ष शर्माले विदेशबाट पठाएको झण्डै ८ खर्व रेमिट्यान्सको १० प्रतिशत मात्र सामूहिक लगानीमार्फत जम्मा गर्न सकियो भने वार्षिक ८० अर्व पूँजी संकलन हुने र जुन नेपालको विकास बजेटको २५ प्रतिशत भन्दा धेरै हुने बताए । उनले भने–‘हाम्रो रेमिट्यान्सको ७०% भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ, अर्कोतर्फ तरकारी, खाद्यान्नदेखि इन्धनसम्म आयात गर्दा फेरि ६० प्रतिशतभन्दा बढि रेमिट्यान्स बाहिर नै गइरहेको छ ।’ उनले विदेशमा रहेका झण्डै ९८ प्रतिशत नेपालीको तन प्रदेशमा रहे पनि मन हरपल नेपाल मैं रहिरहने भएकाले सबैको साझा सपना भनेको सुरक्षित र सम्मानित वैदेशिक रोजगारका साथै रेमिट्यान्स, सीप, ज्ञान तथा अनुभवको लगानी गरेर स्वदेश नै फर्कने रहेको बताए ।
प्राकृतिकरुपमा धनी देशमा नेपालीहरु ‘आफ्नो देशको हिरा छोडेर जीरा खोज्न’ विदेसिनु परेको यथार्थ सुनाउँदै शर्माले भने–‘ हामीसंग झण्डै ४२ हजार मेगावाट बिजुली उत्पादन क्षमता हुनु, विश्वका १० उच्च हिमाल मध्ये ८ हिमाल नेपालमा नै रहनु, बुद्धको जन्म स्थल हुँदा बौद्ध धर्मालम्बीहरूको तीर्थ लुम्बिनी बन्नु, अथाह प्राकृतिक स्रोत हुँदा पनि हामीले विकास गर्न नसक्नु दुर्भाग्य हो ।’
अहिले विश्व क्लिन इनर्जीको पछि लागिरहँदा नेपालले पनि योजनाबद्ध ढंगबाट लाग्ने हो भने नेपालमा आयात हुने धेरै कुरालाई प्रतिस्थापन गर्न सकिने शर्माको भनाई छ । उनी भन्छन–‘क्लिन इनर्जीबाट कुकिंग ग्याँसलाई रिप्लेस गर्न सकिन्छ भने त्यसको केही गुणा बढि पेट्रोल अनि डिजल न्यूनिकरण गर्न सकिन्छ, त्यसका लागि सरकारले आजैबाट काम शुरु गर्नुपर्छ । कार्यक्रममा उपाध्यक्ष शर्माले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुका लागि विशेष प्राधिकरण नै निर्माण गरेर दीर्घकालिन योजना बनाउन सरकारसमक्ष आग्रह गरेका छन ।
उक्त कार्यक्रममा एनआरएनका यूवा उपाध्यक्ष राज रेग्मीले एनआरएन ओमानको नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आगामी नेतृत्वमा मध्यपुर्वको दावी स्वभाबिक भएको बताए ।
नेपाल सरकार र एनआरएन समृद्ध नेपालका लागि परिपुरक भएको जनाउदै गैरआवसिय नेपाली संघ, समृद्ध नेपाल निमार्णका लागि एक महत्वपुर्ण हिस्सा रहेको सच्चाई कसैविच नछिपेको बताए । उनले एनआरएनको यूवा उपाध्यक्षको नाताले यस अभियानका गतिविधीलाई अत्यन्त गौरवको रुपमा हेरेको जनाउदै विविध कारणवाट देशलाई समस्या परेको समयमा संघले सक्दोरुपमा सहयोगका लागी कुनै कसुर वाँकी नराखेको बताए ।
नेपाल सरकार र गैर आवासिय नेपाली संघ समृद्ध नेपालका लागि परिपुरक भएको जनाउदै रेग्मीले वैदेशिक रोजगारीको साथमा व्यावशायीक संलग्नतामा आफुले लामो श्रृखला पार गर्दै विगतदेखि वर्तमानमा आइपुग्दा समाज भित्र रहेर धेरै सेवा गर्ने र ज्ञान प्राप्त गर्ने अवसर पाएको बताए ।
रेग्मीले समाजसेवा आफ्नो लागि आत्मसन्तुष्टिको विषय बनेको छ जनाउदै गैर आवासीय नेपाली संघको यो लामो यात्रामा संघका उद्देश्यले सार्थकता पाईरहेको महसुस हुदै गर्दा संघले नेपालको विभिन्न कालखण्डमा आई परेका दैविप्रकोप र अन्य राष्ट्रिय समस्याहरुमा गरेको मानविय र सामाजिक कार्यहरुको अलवा सामूहीक लगानी, संघका अग्रज अभियन्ताहरुले शिक्षा, पर्यटन, स्वास्थ्य र विद्युत क्षेत्रमा गरेको लगानीहरुलाई महत्वपूर्ण आधारका रुपमा हेरिएको बताए ।
कार्यक्रममा एनआरएन मध्यपुर्व संयोजक मनोज गोर्खालीले एनआरएन ओमानको नवनिर्वाचित कार्यसमितीले निर्विरोध नयाँ कार्यसमिति चयन गरेर उदाहरणीय काम गरेको जनाउदै आगामी आईसिसि नेतृत्वमा मध्यपुर्वको दावी गरे । गोर्खालीले अव मध्यपुर्व नेतृत्वले सोच्नुपर्ने समय आएको जनाउदै बिश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई एकपटक आगामी नेतृत्वका बारेमा सोच्न आग्रह गरे ।
उक्त अधिबेसनमा एनआरएन अभियन्ता राजु सैयद,शनि कुमार ओली, एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,एनआरएन युएईका उपाध्यक्ष बिकास साहीलगाएतले एनआरएन ओमानको नवनिर्वाचित कार्यसमिती लाई शुभकामना ब्यक्त गर्दै एनआरएनका विविध बिषयमा चर्चा गरेका थिए ।
उनिहरुले लाखौ नेपालीहरुको प्रतिनिधीत्व गरेको मध्यपुर्वले पहिलोपटक नेतृत्वको माग गर्नु स्वभाविक भएकाले बिश्वमा रहेका सबै गैर आवासीय नेपालीहरुलाई एकपटक सोच्न आग्रह गरे ।
उक्त कार्यक्रमका सभापती एबं नवनिर्वाचित अध्यक्ष बिकल झाले अधिवेसन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै आफू र सिंगो कार्यसमितिले नेपाली दुतावास र ओमानमा रहेका संघ सँस्थासँग सहकार्य गरेर नेपालीहरुको हक हितका लागी काम गर्ने बताए ।
सामुहिक लगानीबाट आर्थिक विकास र समृद्धीको आधारमा विश्वास भएपश्चात फेरी पनि गैर आवासीय नेपाली संघले संस्थागत रुपमा एनआरएन डेभलपमेण्ट फण्डको व्यवस्था गरी १० अर्व लगानी गरेको जनाउदै र एनआरएन देश विकाशको लागी नेपाल सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा एनआरएन सचिव प्रविन गुरुङले एनआरएन ओमानको नवनिर्वाचित कार्यसमिती लाई शुभकामना दिदै बिदेशका धेरै देशले विकाशमा छोटो समयमा नै फड्को मारेको जनाउदै प्राकृतिक सम्पदाले भरिपुर्ण नेपाल सरकारसँग ईच्छाशक्ती हुने हो भने बिकाशको लागी समय नलाग्ने बताए । उनले देश विकाशको लागी विदेशमा बस्ने नेपालीहरुको जे योगदान गर्न परे पनि आफूहरु तयार रहेको बताए । गुरुङले हाल मध्यपुर्वको नेतृत्व स्वभाबिक भएको जनाउदै मध्यपुर्वको एकता नै बल भएकाले आफूले यस्को लागी जस्तो योगदान दिन पनि तयार रहेको बताए ।
गैरआवासीय नेपाली सोसल क्लब ओमानले आफ्नो महाधिवेशनमा गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल पार्न सहयोग गर्ने आफ्ना सदस्यहरु, बिभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु, आमन्त्रित अतिथीहरु, राजदुत तथा ओमानबासी नेपालीहरुप्रती कृतज्ञता ब्यक्त गरेको छ ।
ओमान सरकारबाट मान्यता प्राप्त एनआरएन सोसल क्लब ओमानले ओमानमा रहेका नेपालीहरुको समस्यामा तथा स्वदेशमा विभिन्न सामाजिक कार्यका अलवा विपतको समयमा सहायता उपलब्ध गराउँदै आइरहेको छ ।
टर्कीमा दुई शक्तिशाली भूकम्प, अन्तर्राष्ट्रिय सहयोगको आह्वान
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]









