आग्राको सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु, ५ घाइते

काठमाडौं, कात्तिक २७
भारतको आग्रामा मंगलबार राति भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

अहिले नयाँदिल्लीमा रहेका नमस्ते-सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले दिएको जानकारी अनुसार मंगलबार राति १२ तिर दिल्लीबाट सुनौली आउन लागेको कार आग्रा एक्प्रेसवेमा ट्रकसँग ठोक्किएको थियो।

‘अर्घाखाँचीका मेरा छिमेकी दुर्घटनामा परेको खबर आएपछि म बुधबार बिहान घटनास्थलमा पुगेको थिएँ,’ खत्रीले सेतोपाटीसँग भने,‘दिल्लीबाट सुनौली जान नेपालीहरू चढेको गाडी दुर्घटनामा परेको रैछ। १ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको उपचारको क्रममा ज्यान गएको छ।’

उनले जनकपुरकी श्यामकुमारी पाण्डेको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

अरू दुई जना मृतकको भने बुधबार सनाखत हुन सकेको थिएन।

‘आजमात्र बाग्लुङमा रहेका उहाँहरूका आफन्त दूतावासको सम्पर्कमा आउनुभएको सुनेको छु,’ खत्रीले भने।

घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएको र अरूको आग्रा र दिल्लीमा उपचार भइरहेको उनले जानकारी दिए।

Sagoon Host

नेपाल आउन लागेका उनीहरूले कुनै ट्राभलबाट टिकट काटेको नदेखिएको खत्रीले बताए।

स्रोत:सेतोपाटी

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु