
प्रताप दाशको ‘भट्टीवालीमा ’ दुर्गेश र रियाशाको बबाल डान्स (भिडियो)
काठमाण्डाै – गायक प्रताप दाशको स्वरमा रहेको गीत ‘भट्टीवाली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा जगत तिरुवाको र्याप समेत समावेश छ। गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको यो गीतमा नारायण दंगालको संगीत संयोजन छ ।
डान्सिङ शैलीको यो गीतमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा दुर्गेश थापा ,रियाशा दाहाल, दिनेश थापा, आयुष, मनोज ओली,उत्तम केसी र अस्मिता बस्नेतको नृत्य छ ।
बुद्ध थापाले छायांकन गरेको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन छ।यो भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]