बेलायतबाट आएका सबैजना १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नु पर्ने

८ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

बेलायतमा हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै मन्त्रालयले पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रहका साथै नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र सरकारी स्वास्थ्य प्रयोगशालामा गई आरटी पीसीआर टेष्ट गर्न आग्रह समेत गरेको छ ।

यसरी गरिने टेष्टको कुनै शुल्क नलग्ने पनि मन्त्रालयले जारी गरेको सुचनामा जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु