
याक एण्ड यती होटलमा कतारी नागरिकको शव भेटियो
१३ असोज, काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा शव भेटिएको छ । होटलको एक कोठामा शव भेटिएको खबर आएपछि अहिले डीएसपी रामेश्वर पौडेलको नेतृत्वमा प्रहरी टोली पुगेको छ ।
मृतक कतारी नागरिक भएको प्रहरीले बताएको छ । चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने होटलमा जानकारी गराएका थिए । तर दिउँसो १२ बजेसम्म बाहिर ननिस्किएपछि होटलका कर्मचारी हेर्न गएका थिए ।
प्रहरीका अनुसार ढोका भित्रबाट लक गरिएको र नखोलेपछि खोलेर हेर्दा ओछ्यानमा ढलिरहेका थिए । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले घटनाबारे कतारी दूतावासलाई जानकारी गराइएको बताए । उनका अनुसार अहिले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञ होटलमै बोलाइएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]