
भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते
२० पुस, कञ्चनपुर । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भारतीय एसएसबीले गोली चलाउँदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।
घुँडामुनि गोली लागेको सुनारको अवस्था खतरामुक्त छ । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भारतीय बजार गडीगोठबाट फर्किंदै गर्दा जंगल क्षेत्रमा आफूमाथि गोली प्रहार भएको उनले बताएका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


