दुर्घटनाको सम्मुखमा नेपाली क्रिकेट

अब ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी कारबाही स्वीकार गरेर बन्द प्रशिक्षणमा आए त विवाद सकियो, थप खेलाडी पनि बन्द प्रशिक्षणमा आएनन् भने क्रिकेट संघसँग ग्लोबल स्टार सन्दीप लामिछानेको कप्तानी खोसेर ‘कारबाही’ गर्ने वा ज्ञानेन्द्रहरुको कारबाहीलाई सदर गर्ने दुई विकल्प  मात्र बाँकी रहन्छ ।

१५ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न बुधबार काठमाडौं ओर्लिएका पुवुदु दशानायकले नेपाल क्रिकेट संघका पदाधिकारीलाई भेटे । कारबाहीमा परेका चार खेलाडीसँग संयुक्त र अरु केही खेलाडीसँग छुट्टै भेटेर नेपाली क्रिकेटको विवादबारे बुझ्ने प्रयास गरे ।

३० जनालाई बन्द प्रशिक्षणमा बोलाउने तयारीमा रहेका उनीसँग राष्ट्रिय टिमका खेलाडीहरु नै खेल्न आएनन् भने के गर्ने भन्ने ठोस जवाफ भने छैन ।

तर ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाउने र सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णयबाट क्यान पछि हट्ने सम्भावना उनले देखेका छैनन् । ग्रेडिङ लगायतका खेलाडीको मागलाई ‘जायज’ मानेका उनले मल्ल र ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीको निलम्बन हटाउन आग्रह गरेको र त्यसमा क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द सकारात्मक रहेको पनि बताए ।

तर क्रिकेट संघका महाप्रबन्धक रौनक मल्ल र क्रिकेटर म्यानेजर विनोद दासलाई दायाँबायाँ राखेर बिहीबार पत्रकारसामू उपस्थित भएका मुख्य प्रशिक्षक दशानायकेलाई पत्रकारको प्रश्नको सामना गरे, ‘राष्ट्रिय टिमका खेलाडीहरु प्रशिक्षणमा आएनन् भने के गर्नुहुन्छ त ?’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु