क्रिकेट टोलीलाई बधाई दिदै सरकारद्धारा पुर्व घोषित नगद पुरस्कार वितरण

काठमाडौं । हालै सम्पन्न टी–२० विश्वकपको एशिया छनोटमा उत्कृष्ट प्रर्दशन गर्दै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा बधाई ज्ञापन गर्दै यसअघि नेपाल सरकारले घोषणा गरेका नगद पुरस्कार क्रिकेट खेलाडी र व्यवस्थापक टोलीलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही मन्त्रालयका सचिव रविलाल पन्थले टोलीलाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाल सरकारले घोषणा गरेअनुसार आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत गत फागुन २५ देखि चैत २ गतेसम्म नेपाल, युएइ र पपुवान्युगिनीबीच काठमाडौंमा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी चारै खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडी रोहितकुमार पौडेल, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, भीम सार्की, प्रतिश जिसी, मोहम्मद आसिफ शेख, करण केसी, सन्दीप लामिछाने, मोहम्मद आरिफ शेख, ललितनाराण राजवंशी, गुल्शनकुमार झा र कुशल मल्ललाई जनही २ लाख प्रदान गरियो। यसैगरि मुख्य प्रशिक्षक म्रुगाङ जगदीश (मोन्टी) देसाइलाई १ लाख ५० हजार तथा सहायक प्रशिक्षक बसन्त शाही, टिम व्यवस्थापक शम्भुप्रसाद शर्मा र फिजियो विक्रम न्यौपानेलाई समान १–१ लाख नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी गत बैशाखमा सम्पन्न नेपालसहित १० राष्ट्र सम्मिलित एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जित्नुका साथै एसिया कपका लागि छनोट भएको नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाखबाट पुरस्कृत गरियो । मुख्य प्रशिक्षकलाई ३ लाख तथा सहायक प्रशिक्षक, टिम व्यवस्थापक र फिजियोलाई जनही २ लाख पुरस्कार प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्