
परानै दिन्छु गीतका गीतकार प्रलाद शाहको चानचुन पैसा बजारमा
काठमान्डौ- गत बर्ष एउटा गीतले नेपाली संगीतको दुनियाँमा तहल्का नै मच्चायो जुन गीत थियो परानै दिन्छु। यही गीतका सर्जक चर्चित गीतकार प्रलाद शाहको अर्को गीत चानचुन पैसा बजारमा निकै चर्चामा रहेको छ। समाचार तयार पार्दा सम्म यु-टुब ट्रेन्डिङको १६औ नम्बर सँगै माथि उक्लने क्रममा रहेको छ। गीतलाई श्रोता तथा दर्शकले निकै मन पराइ रहेको गीतका सर्जक शाह बताउछन।चर्चित गायिका मेलिना राइ र गायक प्रताप दाशको स्वर रहेको उक्त गीतको संगीत संगीतकार सुबाश भुशालले गरेका हुन भने संगीत सम्योजन पुरुशोत्तम सुबेदीले गरेका हुन।

प्रकाश मिश्रको मिक्स अनी मास्टर रहेको उक्त गीत एकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट राजा बाबु थारुले गरेका हुन।
नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य अभिनय रहेको गीतको भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन। सुबोल थापाको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छायांकन नबराज उप्रेतीले गरेका हुन र अमृत चापागाइको सम्पादनमा तयार भएको हो।
भिडियोलाई S3K Entertainment Official YouTube च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतकार शाह बिदेशी भुमिमा रहेर पनि नेपाली गीत संगीत जगतको एउटा दरिलो खम्बा बनेर नेपाली गीत संगीत लाई टेवा पुर्याइरहेका छन। # चानचुन पैसा
गीतको भिडियो।

यो पनि हेर्नुहोस्
हेमन्तको मनै रुराउने दसैं गीत ‘आउन पाइन यो सालनि घरमा ‘ बजारमा
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




