प्रमोदको ‘यो माया के हो’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण महराको शब्द, मनकुमार ‘शिवराज’को संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ ।
भिडियो वियोगान्त प्रेमकथामा आधारित रहेको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी, दिनेश थापा र मनोज ओलीको अभिनय देख्न सकिन्छ ।
दिपेन बस्नेतको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]