सरकारसँग सुन्ने र बुझ्ने क्षमता छ !

१० असोज, विराटनगर । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका डाक्टर गोबिन्द केसीको समर्थनमा विराटनगर युवाहरुले एक घण्टा रिले अनसन गरेका छन् ।

शनिबार विराटनगरको ट्राफिक चोकमा भेला भएका युवाहरुले केसीको जीवनरक्षाको माग गर्दै एक घण्टा रिले अनशन बसेका हुन् ।

संकेतिक विरोधमा बसेका युवाहरुले सरकारसँग सुन्ने र बुझ्ने क्षमता भएकाले तत्काल माग सम्बोधन गर्दै जीवनरक्षा गर्न माग गरे ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै डाक्टर केसी भदौ २९ बाट १९ औं अनसनमा छन् । जुम्लाबाट अनसन सुरु गरेका केसी केही दिनयता त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छन् ।

डाक्टर केसीले उठाएको माग सम्बोध गर्दै उनको जीवनरक्षाका लागि एक घण्टा अनशन बसेको युथ कांग्रेस प्रदेश १ संयोजक सविन दाहालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु