
डा. चित्र माबोको “डोलीभर्ना”लाई नियाल्दा…….
सृजना आफैमा एउटा महत्त्वपूर्ण विधा हो । प्रिय मित्र डा. चित्र माबोको पहिलो कथासंग्रह “डोलीभर्ना”को विमोचनमा उपस्थित हुने मौका जुरेको थियो । पुस्तकका टिप्पणीकर्ता र अतिथीहरुको भनाइ सुन्दा मलाई त्यहि बेला डोलीभर्ना पढौ,पढौ लागेको थियो । केही पछि डोलीभर्ना हात लाग्यो र पढ्न सुरु गरिहालें । एकथरे गाउँ ,मनजिते, कालीमा, सेले ्रहित लुङ्ङा, चिसो चुलो, बाटो, छोरोको बिहे, माक्थके, ढिलो, मुक्कुमलुङ, नयाँ उज्यालो, रत्नपार्क, आत्मसमर्पण, लिम्बुवान कर्नर र शीर्ष कथा डोलीभर्ना संग्रहित छन् यो कृतिमा । विविध विषयमा लेखिएका कथाहरु रमाइला छन्, पढ्न सरल छन् र समाजको सजीव चित्रण छ ।

मैले एकथरे गाउँ र मनजिते कथा मजाले पढे, निकै दुखद वास्तविकता पाए । एकथरे गाउँ राजनिती टसलका कारण कुटाकुट,काटाकाट सम्मको अवस्थामा पुग्छ, तल्लोघर, माथ्लोघर बोलचाल सम्म बन्द हुन्छ। जन्ती, मलामी जस्तो संवेदनशील कुरामा समेत सहभागिता रहदैन । यसरी चलिरहन्छ एकथरे गाउँ तर बर्षादको कारण अचाक्ली पानी परि बाढी पहिरो धस्किन थाल्छ र एकथरे गाउँ टापु बन्न पुग्छ । यस्तो आपत आयो कि भाग्ने ठाउँ कहि छैन, यो बेला सम्म त्यहाँका जनताको बोलचाल खुलेको छैन । अन्तीममा यसरी हुदैन, हामी मिलेर ज्यान जोगाउनु पर्छ भन्ने सबैमा भावना उत्पन्न हुन्छ र खोलामा फड्के थापी अर्को गाउँमा गएर एकथरे गाउँका मान्छेले ज्यान जोगाउछन्। निकै चाख लाग्दो छ कथा।

त्यस्तै मनजितेको कथा हृदयविदारक छ । उ दलित समुदायको मान्छे, उसले सहनाई निकै राम्ररी बजाउछ । सहनाईको धुनले सबै मन्त्रमुग्ध हुन्छन्, उनले जति सुन्यो, उति सुनौ सुनौ लाग्ने धुन निकाल्छन् तर धुन मिठो, मान्छे तितो। सहनाईको धुन अति मन पर्ने तर त्यस्तो मिठो धुन निकाल्ने मान्छे अपहेलित हुने ? कस्तो समाज ? कस्तो मानवता ? कति संकीर्णता ? यो कथा पढ्दा लाग्छ मनजितेलाई गरिबी र भेदभावको भारीले थिचेको छ । डा. चित्र माबोले समाजको वास्तविकता यो कथा संग्रहबाट चित्रण गर्नु भएको छ, उहाँ साच्चै धन्यवादको पात्र हुनुहुन्छ। अझै यस्ता ज्ञानवर्दक सृजनाको लागि कमल चलिरहोस् हार्दिक शुभकामना ।
अरु कथा सेले लुङ्ङा,रत्नपार्क,डोलीभर्ना लगायत अरु पनि एक से एक छन् । पढ्रन नभुल्नुहोला ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



