
सक्किगोनी टिमले सोह्रखुट्टे प्रहरीलाई दियो स्वास्थ्य सामग्री
सरकारले कोरोनाका कारण लकडाउन गरेयता चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को प्रसारण बन्द छ । टेलिश्रृंखलामा व्यस्त कलाकारहरु अहिले फुर्सदिला बनेका छन् ।
फुर्सदको सदुपयोग गर्दै यसका केही कलाकारहरु सामाजिक कार्यमा पनि जुटिरहेका छन् । यसैक्रममा सक्किगोनी टिम र चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोकबहादुर टन्डनको तर्फबाट सोह्रखुट्टे प्रहरीलाई सहयोगस्वरुप विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
सक्किगोनीका निर्देशक अर्जुन घिमिरे पाँडेका अनुसार १५० थान मास्क, १५ लिटर सेनिटाइजर, ५० थान फेस सिल्ड हस्तान्तरण गरिएको हो ।
प्रहरी उपरीक्षक दीपक खड्का र निरीक्षक राजकुमार भट्टलाई ती सामग्री प्रदान गरिएको थियो । सोह्रखुट्टे प्रहरीले सहयोगका लागि आभार प्रकट गरेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


