आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
पाल्पा-आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी सारुले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


