गोसाइकुण्डमा सामुदायिक मेलमिलापसम्वन्धी तालिम सम्पन्न

रसुवा । गोसाइकुण्ड गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रतिमा लामाको संयोजकत्वमा सम्मुनत समाजको लागि सामुदायिक मेलमिलापसम्वन्धी आठ दिने आधारभुत तालिम हालै सम्पन्न भएको छ ।

गत पुष २८ गते स्याफ्रुबेशीस्थित गोसाइकुण्ड गाउँपालिकाको सभाहलमा उपाध्यक्ष लामाले उक्त तालिम कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । गोसाइकुण्ड गाउँपालिका न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत रुपान्तर केन्द्र नेपालको सहजीकरणमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले भन्नुभयो, “सामुदायिक मेलमिलाप अभियानलाई मेलमिलाप ऐन २०६८ र नियमावली २०७० बमोजिम देशका सबै जिल्ला र स्थानिय तहहरूमा विस्तार गर्ने संघीय सरकारको लक्ष्य अनुसार स्थानीय सरकारका रुपमा गोसाइकुण्ड गाउँपालिकाले आधारभुत मेलमिलाप तालिम कार्यक्रम आयोजना गरेका हौं ।”

तालिममा सहभागी मेलमिलापकर्ताहरूलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख विजय लामा, गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । सो तालिममा सहभागीहरुले आठ दिनसम्म चलेको ४८ घण्टे सामुदायिक मेलमिलाप कार्यक्रम अत्यन्तै फलदायी रहेको अनुभव सुनाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्