टि–२० विश्वकपः समहू विजेता बन्दै स्कटल्याण्ड सुपर १२ मा प्रवेश
काठमाडौँ, कात्तिक ५–
टि–२० विश्वकप अन्तरगत पहिलो चरणको समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोली ओमानलाई पराजित स्कटल्याण्ड युएईमा हुने सुपर १२ मा प्रवेश गरेको छ ।
समूह ‘बी’को विजेताको रुपमा स्कटल्याण्डले सुपर १२ मा स्थान पक्का गरेको हो । यससंगै स्कटल्याण्ड सुपर १२ को समूह ‘२’ मा परेको छ । यस समूहमा भारत, पाकिस्तान, न्यूजील्याण्ड, अफगानिस्तान, स्कटल्याण्ड र पहिलो चरणको समूह ‘ए’ को उपविजेता टोली रहने छ ।
समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डले ओमानलाई ८ विकेटको फराकिलो अन्तिरले पराजित गरेको हो । ओमानले दिएको १२३ रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्याण्ड १७ ओभरमा मात्र २ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि रिची बेरिंगटन अविजित २१ बलमा ३१ रन र म्याथ्यू क्रस अविजित २६ रन बनाए । यस्तै ओपनर एवं कप्तान केली कोइटजरले २८ बलमा ४१ रन बनाए भने जर्ज मुन्सेले २० रन बनाए ।
ओमानका लागि खावर अली र फयाज बटले समान एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित ओभरमा अलआउट हुँदै १२२ रन जोडेको थियो । उसका लागि आकिब इलियासले ३७, कप्तान जीशान मकसूदले ३४, मोहम्मद नदीमले २५ रन बनाए । ओमानका बाँकी व्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
स्कटल्याण्डका लागि जोश डेभीले ३, सफ्यान शरीफ र माइकल लीस्कले समान २/२ विकेट लिए भने मार्क वाटले एक विकेट लिए ।
यस समूहबाट बंगलादेश उपविजेताको रुपमा सुपर १२ मा प्रवेश गरेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]