
सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाई गोरखाबाट समानुपातिक तर्फ सिफारिस
काठमाडौं–पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा गीतकारको रुपमा चर्चाको शिखरमा पुग्न सफल भएका गीतकार ध्रुव प्रसाद अंम्गाईको २०७९ मा हुन गईरहेको आमनिर्वाचनमा गोरखा जिल्लाबाट ने पा एमालेको तर्फ बाट समानुपातिक सांसद पदका लागि सिफारिसमा पर्नु भएको खबर हामीलाई प्राप्त भएको छ ।
१८ वर्षको कलिलो उमेर देखि गोरखा बाट अनेरास्ववियु पाचौबाट औपचारिक रुपमा राजनीति यात्रा सुरुवात गरेका अंम्गाई एक साहासी खरो स्वभाव भएका कुशल वक्ता समाजसेवी एवम मेहनती व्यक्तित्व भएको कुरा जानकारहरु बताउछ्न। २०४९ सालमा अनेरास्ववियु पांच औं जिल्ला कमिटी सदस्य र २०६२ काठमाडौ गोरखा सम्पर्क मञ्चको सद्स्य हुँदै हाल प्रवासी मन्च मकाउको सल्लाहकार छ्न ।
गोरखा हाल गण्डकीगाउँपालिका फुजेल जन्मथलो भएका अंम्गाईले आफ्नो गाउँ ठाउँमा विकासनिर्माण लगायत उच्च मा वि स्थापना देखि मठ मन्दिर निर्माण सामुदायिक वन पालन सिंचाइ का लागि नगर निर्माण जस्ता थुप्रैकार्यमा उनको योगदान रहेको बुझिएको छ, साथै प्राकृति विपत्ति जस्तै भुकम्प र कोरोना माहामारीमा पनि अंम्गाई बाट रासन लगायत आर्थिक सहयोग गर्दै आएका छ्न ।
बिगत लामो समय प्रवासमा बस्दै आएका अंम्गाई एक चर्चित गीतकार समेत हुन उनका करिब ५० बटा जति गीतहरु रेकर्ड भैसकेका छ्न रास्ट्रीय गीत देखि सुगम सङ्गीतको हरेक विधामा उनका शब्दहरु सजिएका छ्न । वास्तविक र यथार्थता पाउन सकिन्छ उनको गीतहरुमा ।
आफ्ना शुभचिन्तक मित्रहरूको चाहानार सल्लाह र र सुझाव छ । प्रदेश कमिटी सदस्य केन्द्रिय कमिटीका अधिाकांस सदस्यहरुको रोजाईमा पर्नु भएको कुरा एक नेताले बताए ।
अंम्गाई प्रवासमा छ्न । उनलाई सम्पर्क गर्दा उनले भने आफू अहिले विदेशमा भएको हुदा समय अत्यन्त छोटो भएको हुदा समय व्यबस्थापन गर्ने कुराले गर्दा अन्तिम निष्कर्षमा पुग्न नसकेको र यदि समयले साथ दिएमा र पार्टीले विश्वास गरेको खण्डमा आफ्नो जिम्मेवारी निस्वार्थका साथ विना सेवा सुबिधा पार्टीको जिम्मेवारी निर्वाह गर्दै आफ्नो सारा जीवन देश र जनता प्रती समर्पित गर्ने छु उनी भन्छन ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



