सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भनेका छन् ।

डा. केसीको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा सेन्टरमा लगेपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रया जनाएका हुन् ।

‘सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा ! सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन । अनसनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ ।’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि डा.केसीमाथिको दुर्व्यवहारको विरोध गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु