मलाई कुनै गुटको भेलाले प्रवक्ताबाट हटाउन सक्दैन -नारायणकाजी श्रेष्ठ

 

काठमाडाैं पुस ७, २०७७– नेकपाको सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठले नेकपाको प्रवक्ता आफू नै भएको दावी गरेका छन् । कुनै गुटको भेलाले आफूलाई प्रवक्ताबाट हटाउन नसक्ने समेतको दावी उनले गरे ।

‘म कसैको प्रवक्ता होइन, नेकपाको प्रवक्ता हुँ, तथाकथित भेलाको निर्णयसँग मेरो सरोकार हुँदैन । म पार्टीले बनाएको प्रवक्ता हुँ,’ मंगलवार प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी सदस्यको भेलापछि नेता श्रेष्ठले संचारकर्मीसँग भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय सदस्यको बैठकले श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नेकपा प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु