
कालेबुदुली सडकको अनुगमनमा मन्त्री लिम्बु
मोरङ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नै निर्वाचन क्षेत्रमा निर्माणाधीन कालेबुदुली सडकको अनुगमन गर्नुभएको छ ।
२९.६० किलोमिटर लम्बाईको निर्माणाधीन सो सडकको अनुगमन गर्दै मन्त्री लिम्बुले यो सडक बनेपछि मोरङ क्षेत्र नं. १ का लागि लाइफलाईनका रुपमा रहने बताउदै निर्धारीत समयमै उक्त सडक निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । सो सडक निर्माण सम्पन्न भईसकेपछि स्थानीयका लागि मात्र हैन, पाँचथरको मिक्लाजुङ गाउँपालिका, धनकुटाको चौबिसे गाउँपालिकादेखि ईलाम र ताप्लेजुङ जिल्लाका जनतालाई समेत प्रदेश राजधानी विराटनगर आवातजावत गर्न सहज र छोटो दूरी पर्ने बताइएको छ ।
ठेक्का सम्झौताबमोजिम ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँ ७० पैसाको लागतमा बनिरहेको कालेबुदुली सडकको निर्माण २०८३ सालको बैशाखमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]