पाथीभराको कार्यकारी निर्देशकमा हाङवाङ

काठमाडौं । ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन् ।


गत कार्तिक २० गतेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश २०५३ को दफा ६ को उपदफा (१) बमोजिम हाङवाङलाई समितिको कार्यकारी निर्देशकका रुपमा ४ बर्षका लागि नियुक्त गरिएको हो ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका निवासी हाङवाङ गत बर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार रहि झण्डै ४ सयको मतान्तरले पराजित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्