
शिरीष गौतमद्वारा अभिनित “मेशिन बन्नुपर्छ” को छायांकन सम्पन्न
काठमाडौं । नेपाली संगीत र साहित्यको गहिराइमा रमाउने कञ्चनपुरको बेलौरीका युवा शिरीष गौतमद्वारा अभिनित एउटा अर्को सांगीतिक कोशेली नेपाली आमदर्शकले हेर्न पाउने भएका छन । नृत्य अनि मोडलिङमा रुचि राख्ने गौतमको मोडलिङ यात्रा केहि बर्ष अधिबाट नै सुरु भैसकेको छ ।

जापानलाई कर्मथलो बनाउदै एक दशक भन्दा बढी समय परदेशमा बस्दै आउनुभएका गौतमलाई मोडलिङ मोहले भने पछ्याईरह्यो । नेपाल जाँदा त्यही मौकामा एकदुई वटा म्युजिक भिडियोहरुमा समेत मोडलिङ गर्दै आउनुभएका गौतमले अबभने जापानबाट नै मोडलिङ यात्रालाई निरन्तरता दिँदै हुनुहुन्छ ।

पछिल्लो समय सर्वाधिक चर्चामा रहेको मोबाइल एप्लिकेसन टिकटकमा समेत आफ्नो कला तथा नृत्य देखाएर गौतमले चर्चा बटुलिराख्नुभएको छ । गौतमको सर्लक्क परेको जिउडाल, गोरो अनि हिस्सी परेको अनुहार अनि आकर्षक व्यक्तित्वले जो कोहिलाई पनि लोभ्याउछ । नेपाली मोडलिङ क्षेत्रमा स्थापित हुन सक्ने क्षमता भएका गौतमले एकपछी अर्को म्युजिक भिडियो दिइराख्नुभएको छ ।

उनै मोडल शिरीष गौतमले अभिनय गर्नुभएको “मेशिन बन्नुपर्छ” गीतको म्युजिक भिडियोलो छायांकन सकिएको छ । जिएमएस म्युजिक एन्ड फिल्मस् जापानको पोस्ट प्रोडक्सनमा बनेको यस म्युजिक भिडियो तिहार पछी मात्र युट्युवमा सार्वजनिक हुनेछ ।


जापानलाई नै कर्मथलो बनाउदै आउनुभएकी एक सुन्दर युवती
मोडल शिरीषा अधिकारीले गौतमसंग स्कृन शेयर गरेकी छन मारुनी स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा स्वर तथा संगीत सुर्य खड्काले दिनुभएको छभने शब्द पिताम्बर चापागाईं र एरेन्ज कमल सौरागले गर्नुभएको हो । म्युजिक भिडियोको निर्देशक गोविन्द विष्टले गर्नुभएको छ ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



