सिरीजंघा साहित्य, कला तथा संस्कृति संरक्षण समिति गठन

ताप्लेजुङ । सिरीजंघा गाउँपालिकाको अगुवाईमा आज सम्पन्न पालिकाभित्रका कवि, लेखक, साहित्यकार तथा कलाकारहरुको भेलाले सिरीजंघा साहित्य, कला तथा संस्कृति संरक्षण समिति गठन गरि आगामी भाद्र २९ गते साहित्यीक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।


गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार मावोको कार्यकक्षमा सम्पन्न सो भेलाले तेल्लोक माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका रुकमान थेवेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । सो समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद अधिकारी(प्रधानाध्यापक, सरस्वती माध्यामिक विद्यालय), सचिवमा भीमकुमार मावो लिम्बु, सहसचिवमा राजकुमार लिम्बु, कोषाध्यक्षमा लोजी लिम्बु र सदस्यहरुमा नेत्र ताम्लिङ, आइतराज लिम्बु, आइतराज मावो (राज), अन्जान थेवे र चन्द्रकला पालुंवा रहेका छन् । यसैगरि नवगठित सिरीजंघा साहित्य, कला तथा संस्कृति संरक्षण समितिको विधान निर्माण गर्न लक्ष्मीप्रसाद अधिकारीको संयोजकत्वमा ३ सदस्यीय विधान निर्माण समिति पनि गठन गरिएको छ । सो समितिका सदस्यहरुमा तेजबहादुर भट्टराई र भवानीप्रसाद विष्ट रहेका छन् ।


सोही भेलाले आगामी भाद्र २९ गते सिरीजंघा गाउँपालिकाभित्र विद्यालयस्तरीय कविता र गजल प्रतियोगिता आयोजना गर्ने सर्वसम्मत निर्णय पनि गरेको थियो । भेलामा सहभागी सर्जकहरु रुकमान थेवे, लक्ष्मीप्रसाद अधिकारी, भवानी विष्ट, अविलासी राज र तेज भट्टराईले आफ्ना गीत,गजलहरु वाचन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्