
कलाकार सानु ताम्राकार को निधन
काठमाडौं, भदौ ९- कलाकार सानु ताम्राकारको निधन भएको छ।
किड्नीमा समस्या देखिएपछि उनी करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए।
शनिबार नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।
‘उहाँको आज दिउँसो ३: १५ तिर निधन भएको हो’, अस्पताल स्रोतले भन्यो,‘परिवारले शव बुझिसक्नु भएको छ।’
उनी दिवंगत अभिनेता सारूक ताम्राकारका बुवा हुन्। गत असारमा सारूक काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]