सिनाममा नयाँ वडा कार्यालय उद्घाटन

ताप्लेजुङ । सिरीजंघा गाउँपालिका वडा नं १ को सिनाममा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन्न भएको छ ।

वडा अध्यक्ष सिंहबहादुर ईवारमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य भुपेन्द्र थेवेले भ्रष्टाचार गर्नु पाप हो भनेर सिकाउने नेताहरु नै सबैभन्दा बढी भ्रष्ट देखिएकाले आफूलाई अहिलेको राजनीतिप्रति वितृष्णा जागेको र सक्रिय राजनीति त्याग्ने सोचमा रहेको बताउनुभयो ।

सो कार्यक्रममा मन्तव्य राख्दै सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले स्थानीय तहमा गर्नुपर्ने कामहरुको तुलनामा विनियोजित बजेट अत्यन्तै कम रहेको बताउनुभएको थियो । ताप्लेजुङबाट संघीय संसदमा जिताएर पठाएका पूर्व पर्यटन मन्त्री तथा नेकपा एमाले सचिव योगेश भट्टराईप्रति कटाक्ष गर्दै अध्यक्ष चौहानले भन्नुभयो, ‘हामीले जिताएर पठाएका सांसद विपतको बेला टिकटक बनाउदै मधेश र पश्चिमतिर घुम्दा हामी झन् गाह्रोमा पर्यौं ।’ सिरीजंघा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावोले पालिकामा क्रमागत ठेक्काहरु धेरै भएको जानकारी दिदै ती सम्पन्न भएपछि नयाँ कामहरु सुरु गर्ने बताउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोख्रेलले पनि कार्यक्रममा बोल्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्