विद्यार्थीमा कोरोना पोजिटिभ देखिएपछि पुनर्वासको जनता मा.विको पठनपाठन बन्द

रुपेश वि.क, कंचनपुर ।

विद्यार्थीमा कोरोना पोजिटिभ देखिए पछी पुनर्वास नगरपालिका-६ अवस्थित पुनर्वास जनता माध्यमिक  विद्यालयको प्रत्यक्ष पठनपाठन ५ दिन सम्मका लागि बन्द गरिएको छ।

 

एक जना विद्यार्थीमा कोरोना पोजिटिभ पुष्टि भएको र  केही विद्यार्थीहरुमा कोरोनाका लक्षण देखिएकाले अन्य विद्यार्थीहरुमा समेत यसको संक्रमण  हुन सक्ने डरले वैशाख ९ गते देखि १३ गते सम्म ५ दिनका लागि विद्यालय बन्द गरिन लागिएको हो।

 

कक्षा १२ मा अध्ययनरत एक छात्रा विद्यार्थीमा कोरोना पोजिटिभ पुष्टि भएको र अन्य विद्यार्थीहरुमा समेत कोरोनाका केही लक्षण समेत देखा परेको विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङले पहिलो प्रहरलाई जानकरी गराएका छन ।

 

बिद्यालयको पठनपाठन बन्द हुने सम्बन्धी सूचना

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु